• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

दसैँमा ७० वर्षीय वृद्धको बालुवामै सङ्घर्ष


आइतबार, असोज १६, २०७९ मा प्रकाशित

लेखनाथ : उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो ।

Advertisement

आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उहाँलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि सङ्घर्ष गर्दै ठिक्क छ।

टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन, थोत्रा कपडा, कुप्री पर्दै, एक हातमा लौरो र अर्को हातले सिँढीको फलामे रेलिङको सहयता लिँदै । न हातले नाम्लो समाउनु छ । आइतबार दसैँकै दिन पोखराको शान्तिघाटबाट ५० केजी बालुवा बोरामा बोक्दै डिलमा उतार्र्दै हुनुहुन्थ्यो लम्जुङ जिल्लाका ७० वर्षीय साइँला गुरुङ ।

सेतीनदीको शान्तिघाटबाट माथिल्लो डिलमा बालुवा उतार्न करिब एक किलोमिटर दूरी छ । त्यो पनि ठाडै उकालो सिँढी, अघि–अघि एक बालुवा बोक्ने युवाको सहायतामा बालुवा बोकेर उक्लदै गरेका गुरुङलाई देख्ने जो कोही व्यक्तिले जिब्रो काढ्दै हिँड्छ र भन्छ, ‘राज्य कहाँ छ ?’ आइतबार शान्तिघाटमा मृत्यु भएको व्यक्तिको दाहसंस्कारमा सहभागी हुन आएका मलामीहरुले भन्दै थिए जिउनकै लागि ७० वर्षे बुबाको यस्तो सङ्घर्ष ।

न उनको डेरा छ, न त कुनै घर, शान्तिघाट विकास समितिले मानिसको लास पोल्नका लागि राख्ने दाउराको छेउमा छ अझै पनि उनको बास । उनले भने, ‘बालुवा बोक्न थालेकै पाँच दशक भएको छ, कति समय घाटकै छेउको ढुङ्गामुनि बसेँ, पटक पटक सुतेका ठाँउमा राति झस्काउन भूत–प्रेत आउँथे तर मैले राति पनि अँगेनामा आगो राख्थेँ र आएका चिजलाई अगुल्टाले हिर्काउँथे र भाग्थ्यो।’ पइतालाले अहिलेसम्म चप्पल देखेकै छैन, लाउन पनि जान्दैनन उनी।

अहिले बिहानदेखि बेलुकासम्म साइँला गुरुङले छ थैला बालुवा डिलमा उतार्छन, बालुवा बोकाउन लगाउने साहुले एक थैलोको ५० रुपैयाँ दिने गरेको छ। उनले भने, ‘दिनमा तीन सय आम्दानी हुन्छ, त्यो बिहान बेलुकाको भात र खाजामा सकिन्छ, एक पैसा बच्दैन, दसैँको टीकाका दिन पनि काम गरिन भने म भोकै मर्छु । मलाई भैँसीको मासु मिठो लाग्छ, टीकाका दिन एक सय रुपैयाँमा एक पाउ जति भैँसीको मासु ल्याई शान्तिघाट स्थित बस्दै आएको छाप्रोमा पकाएर खान्छु।’

कहिलेकाहीँ भोकै भएमा शान्ति घाटको एक होटलले भात खान दिने गरेको छ उनलाई । ‘न झरी न बादल, पानीमा भिज्दै भए पनि बालुवा बोक्छु,’ गुरुङले भने, ‘दिनभरि बालुवा बोग्दा राति घुँडा, पिँडौँला र ढाड करकरी लुच्छ। एक वर्षपछि बालुवा बोक्न पनि सक्दिनँ कि जस्तो लागेको छ, सरकारले नागरिकता बनाएर भत्ता दिए हुन्थ्यो।’

जन्मेको लमजुङ जिल्ला भन्ने थाहा छ, कुन गाउँ हो भन्ने थाहा छैन उनलाई । ‘म सानै हुँदा बा बितेछ, सात वर्षको हुँदा आमा पनि बितेछ, गाउँको कोही मान्छेले मलाई यहाँ ल्याएर काठको मिलमा छाडेछ, त्यही मिलमा केही वर्ष काम गरेपछि म त्यहाँबाट हिँडे र बालुवा बोक्न थालेँ,’ गुरुङले भने, ‘अहिले पनि बालुवा बोक्दै छु।’

उनलाई बा आमाको त कुरै छाडौँ आफ्नो नामसमेत थाहा छैन । ‘एक वर्षअघि मलाई वृद्धाश्रम लानका लागि दुईवटा लोग्ने मानिस आएका थिए, उनीहरुलाई म बालुवा बोकेर खान्छु, वृद्धाश्रम जान्न भनेर पढाइदिएँ,’ गुरुङले भने। न त उनले विवाह नै गरे न त परिवार नै छन्, केवल एक्लो जीवन। ‘लामिछाने गुरुङ हुँ, नाम थाहा छैन, यहाँ आएपछि सबैले साइँला भन्दा रहेछन्, मेरो नामै साइँला गुरुङ,’ उनले भने, दसैँका दिन घटस्थापनामा घाटमा अन्य महिला र पुरुषले समेत बालुवा बोक्दै थिए।

आइतबार, असोज १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.