काठमाडाैं : काठमाडाैं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले दसैं बिदामा स्वास्थ्यमा पर्न सक्ने समस्यालाई मध्यनगर गर्दै विशेष व्यवस्था गरिएकाे बताएका छन।
Advertisement
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले उपत्यकामा ५५८ जना स्वयंसेवकद्वारा सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको बताएका छन।
उाले भनेका छन, ‘नजिक को स्वास्थ स्वयं सेवकमार्फत तपाईं हरुले सिटामोल र जिवनजल प्राप्त गर्न सक्नु हुनेछ, २४ घन्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ ११८० मा फोन गरेर डेङुको बारेमा जानकारी लिन सक्नु हुनेछ।’
साथै, उनले १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएकाे बताएका छन।