• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

दसैँँमा बज्ने गीतहरू


शनिबार, असोज १५, २०७९ मा प्रकाशित

काठमाडाैं : घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैँँ प्रारम्भ भइसकेको छ। रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ।

Advertisement

दसैँँलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन्। हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन्। परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ। कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन्। रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैँँको रौनक भित्र्याउँछ।

सर्वाधिक बज्ने गीत हो ‘दसैँँ आयो’। फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दसैँँ भित्रिएको अनुभूत गराउँछ। लोकनाथ सापकोटाको तयार पारेकाे शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिएका छन। गीतमा सुरेश अधिकारीले सङ्गीत दिएका छन। रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ।

स्वरसम्राट नारायणगोपालको स्वर दिनुभएको ‘बिछोडको पीडा’ पनि दसैँँमा बज्ने गीतमध्येको एक हो । नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिएको गीतले दसैँँमा गाउँ फर्किरहेकाे युवाको प्रतिनिधित्व गरेको छ । ‘बिछोडको पीडा नसकी खप्न दसैँँका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । गीतलाई रत्नशमशेर थापाले लेखेका हुन।

दसैँँ, तिहारको उत्साह, उमङ्ग र दुःखलाई प्रतिनिधित्व गर्ने गीतमध्येको एक हो सुगम पोखरेलले तयार गरेकाे ‘दसैँँ तिहार’ । रवि श्रेष्ठले शब्द लेखेकाे गीतमा सङ्गीत स्वयं सुगमले नै दिएका छन।

परदेशीले घरपरिवारप्रति पोखेको बेदनासहितको गीतमा दसैँँमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ । महान चाडको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दसैँँ नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिएको गीतमा उत्साह उमङ्गसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ ।

दसैँँमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ । दसैँँको उत्साहलाई चित्रण गरिएको गीतलाई सहदेव ढुङ्गानाले रचना गरेका हुन। यसमा शम्भूजित बाँस्कोटाले संगीत र उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन। वरिष्ठ सङ्गीतकार शम्भूजित बाँस्कोटा पहिले दसैँँ, तिहार, होली पर्वसँग फिल्ममा आउँदा त्यहीअनुसारको गीत तयार गरिने प्रचलन रहेको बताउछन। उनको गीत ‘रातो टीका निधारमा’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ । ‘मैले सिर्जना गरेको गीतले तात्कालीन समयमा राम्रो प्रभाव छाडेको रहेछ । दसैँँलाई महशुस गराउने भएकाले नै पुस्तान्तरण भइरहेको छ । हिजोदेखि आजसम्म गीतलाई दसैँँमा उत्तिकै सेलिब्रेट गरिन्छ,’ सङ्गीतकार बाँस्कोटाले भने।

सङ्गीतकारसँगै गायकसमेत रहनुभएका अर्जुन पोखरेलले आफूलाई स्रोताको हिसाबले पुरानै दसैँँ गीत प्रिय लाग्ने बताए। उनी भन्छन, ‘नयाँ गीतहरू तयार गर्न निर्माता तथा निर्देशक तयार हुनुभएन । दसैँँ, तिहारमा रहेर बनेका गीत त्यससमयमा मात्र बज्छ भन्ने सोचले गर्दा नै नयाँ गीत आएको छैन ।’ फिल्म झैँ चर्चा र लगानी एक्लरुपमा आउने गीतले नपाउने हुँदा नोटिस नभएको उहाँको भनाइ छ ।

शनिबार, असोज १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.