म्यानमार : म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ। शुक्रबार बिहान ३ : ५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ। भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्।
Advertisement
यस भूकम्पको केन्द्रविन्दु करिब एक सय ४० किमीमिटर गहिराईमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ।