काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका-४ अल्छीडाँडामा जिप दुर्घटना हुँदा एकै गाउँका सातजना घाइते भएका छन्।
Advertisement

सदरमुकाम धादिङबेंसीबाट रिजालथोक जाँदै गरेको लु१ज १४३९ नम्बरको बोलेरो
ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइते हुनेहरूमा नीलकण्ठ नगरपालिका–४ का २१ वर्षीया विनिता वस्ती, १७ वर्षीय नवीन गुरुङ, २५ वर्षीया पम्फा थापा, ७२ वर्षीय वीरबहादुर परियार, २२ वर्षीया रवीना गुरुङ, २८ वर्षीय सुजिना मल्ल र १७ वर्षीया ममता मल्ल छन्।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बोलेरो चालक नीलकण्ठ–४ धादिङका ३० वर्षीय अशोक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।