काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । लामपछानेले आफ्नो फेसबुक पेजमा आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन।
Advertisement
बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परीक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खालगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु।’
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन।