काठमाडौँ । चार वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा प्रहरीले उनको काकालाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने २८ वर्षीय रवि पासवान छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
रविले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।