मोरङ । जिल्लाको लेटाङ नगरपालिका ९ मा अपांगता भएकी किशोरीमाथि बलात्कार भएको छ । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लेटाङ ३ का ५६ वर्षीय शरणबहादुर राई पक्राउ परेका छन् ।
Advertisement
राईले आफ्नो खेतमा बनाएको टहरामा शनिबार राति किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पीडित किशोरीले दुवै खुट्टा चलाउन सक्दैनन् ।
हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।