काठमाडौं- मनास्लु हिमालमा हिमपहिरो खसेको छ। तेस्रो र चौथो क्याम्पबीचमा सोमबार हिमपहिरो गएको हो।
Advertisement
त्यहाँ पुगेका आरोहीहरूलाई हेलिकोप्टरबाट उद्धार गरिँदैछ। हिमपहिरोमा परी केही घाइते भएको बताइए पनि संख्या र अवस्था यकिन भएको छैन।
त्यहाँ पुगेका आरोहीहरूको उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर सामागाउँ पुगिसकेको छ। सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो।
यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा दलले अनुमति पाएका छन्। त्यसमा ९७ महिला र ३०७ पुरुषगरी ४०४ जना छन्।