काठमाडौँ । पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा पाकिस्तानी सेनाका दुई मेजर अधिकृतसहित ६ सैनिकको मृत्यु भएको छ ।
Advertisement
सोमबार बिहान बलुचिस्तानको हरनाई क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटनाको भएको हो । पाकिस्तानी सेनाका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने सैनिकमा दुई जना पाइलट छन् ।
पछिल्लो दुई महिनायता बलुचिस्तानमा यो दोस्रो हेलिकप्टर दुर्घटनाको हो । यसअघि भदौमा हेलिकप्टर दुर्घटना भएको थियो ।