• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

१५ नोभेम्बरमा ८ अर्ब पुग्दैछ पृथ्वीको जनसंख्या : धर्तिको बोझ कि वरदान?


सोमबार, असोज १०, २०७९ मा प्रकाशित

लन्डन- संयुक्त राष्ट्रसंघको अनुमान सही हुने हो भने १५ नोभेम्बर २०२२ मा विश्वको जनसंख्या आठ अर्ब पुग्नेछ। जनसंख्या वृद्धिले मानिसलाई आपसमा विभाजित बनाएको छ। कोही यसबाट चिन्तित देखिन्छन् भने कोही यसलाई सफलताको अदभूत कहानी बताउँछन्।

Advertisement

संसारमा यस्ता विचारधारा पनि छन्, जो धर्तिमा अझ बढी मानिस आवश्यक रहेको ठान्छन्। सन् २०१८ मा ‘अमेजन’का संस्थाकि जेफ बेजोसले एक यस्तो भविष्यको अनुमान लगाएका थिए, जब हाम्रो सौर्य मण्डलमा एक अर्ब मानिस फैलिने छन्। र, त्यो लक्ष्य हासिल गर्न योजना बनाइरहेको उनले बताएका थिए। यसबीचमा ब्रिटिस ब्रोडकास्ट। तथा प्रकृतिका इतिहासकार सर डेभिड एटनबरोलगायत विज्ञहरूले धर्तिमा यति ठूलो आवादीलाई ‘पृथ्वीमा प्लेग’को नाम दिएका छन्।

अहिले विश्वले पर्यावरणसँग जोडिएका समस्या सामना गरिरहेको छ। चाहे त्यो जलवायु परिवर्तन होस् या जैविक विविधताको नोक्सानी, जल संकट होस् या भूमिमाथि संघर्ष। यी सबैको सम्बन्ध सदियौंदेखि तीव्र गतिमा बढिरहेको आवादीसँग गाँसिएको छ।

सन् १९९४ मा विश्वको आवादी केवल ५.५ अर्ब थियो। त्यतिबेला क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीका शोधकर्ताहरूले संसारको आदर्श आवादी १.५ देखि दुई अर्ब हुनुपर्ने बताएका थिए।

त्यसको अर्थ विश्वको आवादी धेरै बढी भइसकेको हो त ? संसारको जनसंख्याको विश्वव्यापी प्रभाव भविष्यमा कस्तो होला ?

प्लेटोको विख्यात ग्रन्थ ‘द रिपब्लिक’मा ३७५ इस्वी पूर्वका दुई काल्पनिक राज्यका बारेमा चर्चा गरिएको छ। एउटा राज्य जुन स्वस्थ छ र दोस्रो विलासी र अस्वस्थ।

दोस्रो राज्यको आवादी आफ्नो आवश्यकताभन्दा विलासी जीवन बिताउने इच्छा गर्छ। त्यहाँका मानिस धेरै धन खर्च गर्छन्। नैतिक रूपमा जर्जर यो राज्य छिमेकी भूमिमा कब्जा गर्न चाहन्छ। र, त्यसका लागि लगातार युद्धमा होमिन्छ। यो राज्य बिनाअतिरिक्त स्रोत साधनका कारण आफ्नो विशाल र लालची आवादीको बोझ उठाउन सक्दैन।

यस कथालाई आधार मानेर प्लेटोले एक सवाल उठाएका थिए, जो आज पनि उत्तिकै प्रासांगिक छ। मानिसको आवादी या त्यसका लागि उपयोग हुने स्रोत साधनमध्ये कुनचाहीं समस्या हो ?

सन् १७९८ मा प्रकाशित आफ्नो प्रसिद्ध शोध ‘जनसंख्या सिद्धान्तमाथि एक निबन्ध’मा थोमस माल्थसले मानिसका दुई मुख्य प्रवृत्ति भोजन र यौनबारे चर्चा गरेका छन्। आफ्नो यस निष्कर्षमा उनले आपूर्तिभन्दा ज्यादा मागले मानिसको जीवन रुग्ण हुने उल्लेख गरेका छन्।

‘जनसंख्यालाई बेलगाम छाडिदिने हो भने त्यो ज्यामितीय अनुपातमा बढ्छ। र, जीवनयापनका साधन केवल अंकगणितीय अनुपातमा मात्र बढ्छ,’ माल्थसले लेखेका छन्।

सरल शब्दमा आवादी जति तीव्र गतिमा बढ्छ, त्यसको तुलनामा स्रोत साधन र उत्पादन अनि तिनको आपूर्ति धीमा गतिमा बढ्छन्। माल्थसको यस भनाइलाई लामो समय मानिसले सहज रूपमा लिन सकेनन्। तथापि, सत्य त्यही थियो। माल्थसको निबन्ध प्रकाशित भएका बेला पृथ्वीको आवादी केवल ८० करोड थियो।

संसारमा तीव्र गतिमा बढ्दो जनसंख्याबारे आधुनिक चिन्ता सन् १९६८ मा आएर मात्र सामुन्ने आयो, जब स्ट्यानफोर्ड युनिभर्सिटीका प्राध्यापक पल एर्लिच र उनकी पतनी ऐनीले ‘द पपुलेसन बम’ नामक पुस्तक लेखे। यो किताब भारतको राजधानी नयाँदिल्लीका बारेमा लेखिएको थियो। उनीहरूले आफ्नो पुस्तकमा अबेर राति ट्याक्सीबाट गरिब इलाका हुँदै होटल जाँदै गर्दा देखेका दृश्य समेटेका थिए। र, सडकहरूमा आवश्यकताभन्दा बढी मानिसको भीड देखेर उनीहरू विचलित भएका थिए।

उनीहरूको भनाइको तीव्र आलोचना भएको थियो। किनकि, त्यतिबेला नयाँदिल्लीको भन्दा लन्डनको आवादी दुई गुणाभन्दा बढी थियो। आफ्नो पुस्तकमा पल दम्पतिले भोकमरीको चिन्तामाथि विस्तारपूर्वक वर्णन गरेका थिए। र, विकासशील मुलुकहरू छिट्टै भोकमरीको चपेटामा पर्ने भविष्यवाणी गरेका थिए।

परस्परविरोधी नजरिया

संसारको आवादी कहिले अधिकतम सीमालाई छुनेछ ? यस प्रश्नलाई लिएर अलग-अलग अनुमान रहँदै आएको छ। सन् २०७० देखि २०८० को दशकमा पृथ्वीमा मानिसको अधिकतम आवादी ९.४ देखि १०.४ अर्बबीच पुग्ने अनुमान रहँदै आएको छ।

संयुक्त राष्ट्रसंघको आकलनमा संसारको जनसंख्या १०.४ अर्बको स्तरमा पुगेपछि करिब दुई दशकसम्म त्यो स्थिर रहनेछ। तथापि, त्यसपछि आवादीका कारण उत्पन्न हुने घटनाहरू शुरु हुने छन्।

यस अनुमानले मानिसको भविष्यलाई लिएर परस्पर विरोधी विचार पनि पैदा गराएको छ। एकथरि मानिस कतिपय क्षेत्रमा कम हुँदै गएको प्रजनन दरलाई संकटका रूपमा देखिरहेका छन्। कतिपय विद्वान ब्रिटेनको गिर्दो जन्मदरप्रति चिन्तित छन्। उनीहरूले नि:सन्तान मानिसलाई कर लगाउन सुझाव दिँदै आएका छन्।

ब्रिटेनमा सन् २०१९ मा प्रतिमहिला औसत १.६५ सन्तान पैदा भए। यो सन् २०७५ मा जनसंख्या घट्ने दर रोक्न आवश्यक जन्मदरभन्दा कम हो। तथापि, अन्य मुलुकबाट आइरहेका प्रवासीका कारण जनसंख्या वृद्धि भइरहनेछ।

अर्काथरि मानिस संसारको जनसंख्या वृद्धिलाई सुस्त बनाउनुपर्ने धारणा राख्छन्। मानिसहरूलाई दबाब नदिइकन स्वेच्छिक साधनहरूको प्रयोगमार्फत जनसंख्या वृद्धिमा लगाउनुपर्ने ठान्छन्, उनीहरू। त्यसबाट पृथ्वीको मात्र होइन, गरिब परिवारका लागि पनि जीवनस्तर सुधार्न यो कदम उपयोगी हुने उनीहरूको ठम्याइ छ।

कतिपय मानिस यस्ता पनि छन्, जो यस बहसलाई बेकार ठान्छन्। र, उनीहरू मानिसहरूले उत्पादनको खपत कम गर्नुपर्ने विश्वास गर्छन्। पिछडिएको क्षेत्रको जनसंख्या कम गर्न युरोप र अमेरिका लागिपरेको आरोप पनि यही बहसका बीचमा लाग्दै आएको छ।

पर्यावरणमा असर

मानिसको बढ्दो संख्यासँगै पृथ्वीमा पर्यावरणीय प्रभाव उत्तिकै छ। राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार पृथ्वीको सतहको ३८ प्रतिशत हिस्साको उपयोग मनुष्य र उनीहरूले पालेका पशुहरूको भोजन अनि इन्धनका लागि भइरहेको छ। यो करिब पाँच करोड वर्गकिलोमिटर भूभाग हुन आउँछ।

मानिसका पूर्वजहरू एक समय धेरै विशाल जीवहरूबीच जीवन बिताउँथे। तर, अहिले मानिस पृथ्वीको सबैभन्दा प्रभावशाली प्राणी हो।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)का अनुसार सन् १९७० देखि २०२० को बीचमा संसारमा वन्यजन्तुको आवादी दुई तिहाइभन्दा कम भइसकेको छ। जब कि, यही अवधिमा जनसंख्या दुई गुणाभन्दा बढी भइसकेको छ।

वास्तवमा मानिसको प्रभाव जति बढ्दो छ, त्यही मात्रामा पर्यावरणीय परिवर्तन पनि तीव्र गतिमा छ। यसैलाई लिएर पर्यावरणविद र प्रकृतिवादीहरू चिन्तित छन्। कतिपय यस्ता मानिस पनि छन्, जसले मानवताको भलाइप्रति चिन्ता व्यक्त गर्दै एक सन्तान पनि पैदा नगर्ने फैसला गरेका छन्।

कतिपय यस्ता महिला पनि छन्, जो ‘बर्थ स्ट्राइक’ अर्थात सन्तान पैदा नगर्ने हडताल गर्न चाहन्छन्। जबसम्म ‘क्लाइमेट इमर्जेन्सी’ अर्थात जीव लोप हुने खतरा अन्त्य हुँदैन, तबसम्म सन्तान पैदा नगर्ने उनीहरूको भनाइ रहिआएको छ।

मानिसको बढ्दो संख्याले पृथ्वीको सीमित स्रोत साधनमाथि व्यापक दबाब पारिरहेको सन्दर्भमा ‘अर्थ ओभरसुट डे’ नै घोषणा गरेर चिन्ता व्यक्त गरिँदै आएको छ। मानिसले सबै जैविक स्रोत साधनमाथि तीव्र दोहन गरिरहेकामा यस्तो दिवसमा चिन्ता व्यक्त गरिने गरेको छ। सन् २०१० मा ८ अगस्टमा मनाइएको ‘अर्थ ओभरसुट डे’ सन् २०२२ मा २८ जुलाईमा परेको थियो।

‘८ बिलियन एन्ड काउन्टिङ: हाउ द सेक्स एन्ड माइग्रेसन सेप आवर वर्ल्ड’ नामक पुस्तकमा लेखिका जेनिफर स्क्युबा लेख्छिन्, ‘के यो समस्या बहुत अधिक मानिसको या हामीले उपयोग गर्ने स्रोत साधनको हो ? यो दुवै हो ? म सोच्न सकिरहेकी छैन कि पर्यावरणका लागि बढीभन्दा बढी मानिस कसरी उपयुक्त हुन सक्छन् ?’ उनको भनाइमा बढीभन्दा बढी मानिसको आवादीले पृथ्वीको विनाश हुने सोच पुरानो भइसकेको छ। किनकि, १२७ वटा मुलुकमा महिलाको औसत प्रजनन दर पाँच प्रतिशत या त्यसभन्दा केही बढी छ। उनको भनाइमा जनसंख्या वृद्धिको रुझान बदलिइसकेको छ।

सुखद भविष्यको कल्पना

जनसंख्याले पर्यावरण र अर्थव्यवस्था मात्र प्रभावित गर्दैन, त्यो त लुकेर रहेको एक शक्ति पनि हो, जसले मानिसको राम्रो जीवनस्तरका लागि पनि योगदान दिइरहेको छ। पेन्सिलभेनियास्थित ड्रेक्सेल युनिभर्सिटीमा ग्लोबल हेल्थका प्राध्यापक एलेक्स एजेहका अनुसार कुनै पनि मुलुकमा नागरिकको संख्या धेरै ठूलो मुद्दा होइन। किनकि, हरेक मुलुकमा जनसंख्या वृद्धिदर अलग-अलग छ।

अफ्रिकाको उदाहरण दिँदै उनी भन्छन्, ‘दक्षिण अफ्रिकामा प्रजनन दर कम भएको छ। र, त्यहाँ गर्भनिरोधकको प्रयोग बढ्दो छ। यो एक राम्रो खबर हो।’ मध्य अफ्रिकी मुलुकहरूमा अहिले पनि उच्च प्रजनन दर छ। ‘कतिपय क्षेत्रमा प्रजनन दर २.५ भन्दा बढी छ, जुन बहुत ज्यादा हो। कतिपय मुलुकमा हरेक २० वर्षमा जनसंख्या दुई गुणाले बढिरहेको छ,’ उनी भन्छन्।

उनको भनाइमा हरेक १० वर्षमा आवादी दोब्बर हुने शहरहरू त्यसका लागि स्रोत साधन उपलब्ध गराउन सक्छन् कि सक्दैनन् भन्ने मुख्य विषय हो। र, आवादी कति वर्षमा कसरी बढिरहेको छ र त्यसका लागि स्रोत साधनको उपलब्धता के भन्ने हेर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।

(बीबीसी फ्युचरबाट)

सोमबार, असोज १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • २.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ४.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ५.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ६.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ७.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ८.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.