काठमाडौँ । सिरहाको गोलबजरमा नाला (ढल)मा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।
Advertisement
गोलबजार नगरपालिका ६ मा महिना पुगिसकेको जस्तो देखिने शालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो ।
स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए ।
अवैध सम्बन्धका कारण गर्भ रहेकाले शिशुको शव फालेको हुन सक्ने स्थानीयले अनुमान गरेको छ । प्रहरीले घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ ।