काठमाडौं- हरेक दशैंमा सेफ्स बर्गरले विशेष परिकार पस्किँदै आएको छ।
यस वर्ष पनि हामीले तीनवटा कम्बो अफर ल्याएका छौं। तिनको नाम ‘कम्बो अफर-१’, ‘कम्बो अफर-२’ र ‘कम्बो अफर-३’ जुराएका छौं।
हाम्रो ‘कम्बो अफर’मा दशैंका लागि केही न केही सस्तोमा स्पेसल खाना किन नदिने भनेर सोहीअनुसारको व्यवस्था मिलाएका छौं। र, तीनवटैको मूल्य नियमित मूल्यभन्दा धेरै सस्तो गरेका छौं।
कम्बो-१
यसमा जुनसुकै मःम एक प्लेट र दुई पिस फ्राइड चिकेनमा एक बोतल कोक-फ्यान्टा-स्प्राइट उपलब्ध गराउँछौं। कोक-फ्यान्टा-स्प्राइट नपिउने ग्राहकका लागि चिया र कफी निःशुल्क उपलब्ध गराउँछौं।

कम्बो-२
यसमा जुनसुकै मःम एक प्लेट र सेफ्स बर्गरका लोकप्रिय खाना पनिर बिर्यानी र दुई पिस ओभन रोस्टेड चिकेनमा कोक-फ्यान्टा-स्प्राइट या चिया-कफीको व्यवस्था छ।

कम्बो-३
यसलाई परिवारका लागि बेस्ट अफर बनाएका छौं। दुई पिस चिकेन मिनी बर्गर साइजको बर्गर प्लस चार पिस फ्राइड चिकेन र मेक्सिकन चिकेन र्वाप्स दुई पिसमा डेढ लिटरको कोक-फ्यान्टा-स्प्राइट निःशुल्क उपलब्ध गराउँछौं।

यो परिवारका लागि बेस्ट अफर हो। र, हाम्रा सबै आउटलेटमा उपलब्ध गराएका छौं। यो अफर अहिले हाम्रा ग्राहकमाझ लोकप्रिय बनिसकेको छ।
तीनवटै अफरहरू सेफ्स बर्गरका आउटलेटमा उपलब्ध छन्। र, अनलाइन अर्डरमार्फत घर-घरमै पुर्याउने व्यवस्था भने यी अफरका लागि छैन। इच्छुक ग्राहकले सेफ्स बर्गरकै आउटलेटमा पुग्नुपर्छ, यी अफरको स्वाद लिन।
(लेखक सेफ्स बर्गर नेपालका हेडकुक)