• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

बूढानीलकण्ठका सात स्थानमा घरबास सेवा


शनिबार, असोज ०८, २०७९ मा प्रकाशित

काठमाडाैं : बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो ।

Advertisement

नगरले चालु आव २०७९/८० को नीति तथा कार्यक्रममा नगरभित्रका वडा नं १ तौलुङ, ३ ठूलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र वडा नं १३ मा रहेको चुनिखेललगायतका ठाउँमा ‘होमस्टे’ सञ्चालनका लागि स्थानीयलाई प्रोत्साहन गरिने उल्लेख छ ।

नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र व्यवसाय प्रवद्र्धनमा टेवा पुर्‍याउन नगरले ‘होमस्टे’ सञ्चालनको योजना ल्याइएको नगर प्रमुख मीठाराम अधिकारीले बताए। उनले भने, ‘होमस्टे सेवा नगरभित्रका केही ठाउँमा सञ्चालनमा आएका छन् उहाँहरुलाई प्रोत्साहन गर्न र अन्य नयाँ स्थानमा सञ्चालन गरेर पर्यटक भित्र्याउन योजना अगाडि बढाएका हौँ ।’

बूढानीलकण्ठ सहरदेखि गाउँसम्म फैलिएको स्थानीय तह हो । यहाँका कतिपय ग्रामीण बस्तीमा ‘अर्गानिक’ (जैविक) उत्पादन पाइन्छ । ‘अर्गानिक’ परिकारको स्वादमा रम्ने र सहर नजिकैका गाउँघर घुम्नेको सङ्ख्या बढेको बुनपा–५ का वडासदस्य हेप्सिवा तामाङको भनाइ छ । नगरले ‘अर्गानिक’ को योजना अघि सार्दा यहाँ व्यवसाय सञ्चालन गर्ने व्यवसायी उत्साहित बनेका छन।

नगर उपप्रमुख अनिता लामाले सञ्चालनमा रहेका विभिन्न व्यवसाय प्रवद्र्धन गर्नका लागि योजना अघि सारिएको बताएका छन। उनले भने, ‘नगरभित्रका विभिन्न पर्यटकीयस्थलको प्रचार गर्न र रोजगारीको अवसर नगरभित्रै जुटाउन हामीले ‘होमस्टे’ अभियान अगाडि सारेका हौँ । “होमस्टे सञ्चालनमा आएपछि स्थानीयको आम्दानीमा थप सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ ।’

डाँडागाउँ तथा चिसिनीलगायतका ‘होमस्टे’ पुगेपछि त्यहाँको चिसो मौसमसँगै काठमाडौँको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । काठमाडौँको सुन्दरता हेर्दै सफा वातावरणमा विभिन्न लोकल खानेकुरासमेत पाइने हुँदा पर्यटकको आकर्षण बढ्न थालेको डाँडागाउँका ‘होमस्टे’ व्यवस्थापक दोर्जे तामाङको भनाइ छ ।

स्थानीयले सञ्चालन गर्ने ‘होमस्टे’ सेवा प्रवद्र्धनका लागि नगरपालिकालेसमेत योजना ल्याएपछि व्यवसायी उत्साहित भएका छन् । नगरले यस अभियान थालनी गर्ने भएपछि व्यवसायमा थप आम्दानी हुने विश्वास रहेको बूढानीलकण्ठ–५ डाँडागाउँमा होमस्टे सञ्चालन गर्दै आएकी देवकी तामाङ बताउछन।

सहरभित्रका ग्रामीण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहनसहनसहित घरघरमा खाने, बस्ने व्यवस्था ‘होमस्टे’ हो । यसलाई परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ ।

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.