कैलाली : कैलालीमा प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पकउ गरेको छ। ३३ वर्षीया ललीता नाम्जाली मगरको कुटपिट गरी हत्या गरेको अभियोमगा गौरीगंगा नगरपालिका ५ अण्डैयाका ३६ वर्षीय शेर बहादुर नाम्जाली मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
Advertisement
शेर बहादुरको कुटपिटबाट ललीताको मृत्यु हुनुको साथै १७ वर्षीया छोरी गम्भीर घाइते र १२ वर्षीय छोरा सामान्य घाइते भएका छन।
शेरबहादुरलाई ईलाका प्रहरी कार्यालय मसुरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अण्डैया गाउँबाट भागरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते छोरीलाई उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।