काठमाडौं- सुनको गहना चोरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट ३ जनालाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् । उनीहरुमाथि जेठ २ मा इटहरी उपमहानगरपलिका–८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ । अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार बृखमानले सो गहना भुपेन्द्र विकलाई बेचेको स्वीकार गरेका छन् । आरोपीहरुमाथि चोरी मुद्दामा म्याद लिएर इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।