काठमाडाैं : बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ। १८ वर्ष कैद तोकिएका फरार प्रतिवादी प्रहरीले धनुषाबाट पक्राउ गरेको हाे।
Advertisement
धनुषाधाम नगरपालिका–५ पर्वत घर भएका ५७ वर्षका पल्ट मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।
२०७९ साउन ६ मा जिल्ला अदालत धनुषाले मण्डललाई १८ वर्ष कैद र २ लाख जरिवाना हुने ठहर गरेको थियो ।
उनलाई घरबाट पक्राउ गरेर अदालतको आदेशले कारागार चलान गरिएको छ ।