वासिङ्टन- अमेरिकाको कोलोराडोमा दुईवटा साना विमान आकाशमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
Advertisement
शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी सेरिफको कार्यालयले पुष्टि गरेको छ। बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएको काउन्टी सेरिफको कार्यालयले बताएको छ।
एउटा विमानमा दुई र अर्कोमा एक जना सवार थिए। यूएस नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ।