भक्तपुर : भक्तपुरमा १५ वर्षीया बालिका बलत्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।
Advertisement
पक्रउ पर्नेमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका १ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनले ती बालिकालाई भक्तपुर नगरपालिका १ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।