काठमाडौं- छुट्टिको समयमा घरकै किचेनमा खाजा–खानाका मिठा परिकार तयार पार्न सकिन्छ।
Advertisement
त्यस्तै परिकारमध्येमा पर्छ, पास्ता। सपरिवारमा घरमै हेल्दी पास्ता बनाएर खान सकिन्छ। यस्तो छ पास्ता तयार पार्ने विधिः
आवश्यक सामग्री
(१) टोमाटो सस
(२) प्याजका टुक्रा
(३) लसुनका टुक्रा
(४) बेसिल– इटालियन हर्ब्स
(५) खुर्सानीका मसिना टुक्रा
(६) ताजा टमाटर
(७ं पास्ता (स्पागेटी या पेनी)

पकाउने तरिका
लसुन र प्याजलाई ब्राउन रंग आउने गरी फुराउने। त्यसपछि टमाटर हाल्ने अनि टमाटर सस हाल्ने। त्यसलाई मज्जाले पकाउने। पाकिसकेपछि खुर्सानीका मसिना टुक्रा हाल्ने। नून र मरिच हाल्ने। बेसिल हालेर सस तयार पार्ने। त्यसमा उमालेको पास्ता मिसाउने। स्वस्थ पास्ता खानको लागि तयार हुन्छ।