अछाम- तीन दिनयताको अविरल वर्षापछि अछामका विभिन्न स्थानमा पहिरो खसेको छ।
Advertisement
पहिरोमा परी मृत्यु भएका ४ जनाको शव फेला परेको छ भने बेपत्ताको संख्या यकिन छैन। तुर्माखाँद, ठाँटीकाँध र ढकारीमा शुक्रबार राति पहिरो खसेको छ। तुर्माखाँदमा पहिरोमा परी सातजना बेपत्ता भएका छन् भने दुई घर बगेका छन्। तुर्माखाँदमै चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, ठाँटीकाँधमा पहिरोमा परी नौजना बेपत्ता भएका छन् भने दुई घर बगेका छन्। ढकारीमा पहिरोले एक घर बगाएको र तीनजना बेपत्ता भएको प्रहरीले जनाएको छ।