काठमाडौं- आज असोज संक्रान्ति, देशभर विश्वकर्मा पूजा गरिँदैछ।
Advertisement
विभिन्न कलकारखानामा विश्वकर्माको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गर्ने चलन छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर पूजा गरिन्छ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने जनविश्वास छ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मग्रन्थहरूमा उल्लेख छ।