काठमाडाैं : टुकुचा खाेला खाेज्न निस्किएकाे महानगरकाे टाेलीले खाेला भेट्टाएकाे छ। जय नेपाल हलकाे कम्पाउण्डमा डाेजरले खाेतल्दा खाेला भेट्टिएकाे हाे।
Advertisement
महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा हराएकाे थियो ।
यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।