काठमाडौं- बिहीबार सातै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशभर बिहीबार आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
यस्तै, देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाको आकलन छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकीका थोरै र प्रदेश–१, मधेश र सुदूरपश्चिम प्रदेशका १–१ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको छ।