• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

उर्दुमा जिल्ला र प्रदेशकाे नाम भएकाे नेपालकाे नक्सासम्बन्धी भ्रम यसरी फैलाइयाे


    Avatar photo
बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

काठमाडौं– अपिल गुरुङ नाम गरेका ट्वीटर प्रयोगकर्ताले आफ्नो ह्यान्डल २बउष्निचन गत भदौ १८ गते नेपालको नक्सा सेयर गरे। नक्साको क्याप्सनमा यस्तो लेखिएको थियो, “इस्लामी–जुमुहिरिये–नेपाल। तपाईंहरूको घरदैलोमा आउन अब मात्र केही वर्ष बाँकी।” पहिलो तीन शब्दलाई उर्दु भाषाबाट नेपालीमा उल्था गर्दा “नेपाल गणतन्त्र इस्लाम” भन्ने अर्थ लाग्छ। पोस्टमा रहेको दोस्रो वाक्यमार्फत मुस्लिम समुदायप्रति नकारात्मक धारणा फैलाउन खोजेको देखिन्छ।

Advertisement

फेसबुकमा ३ सय ३५ जना फलोअर रहेका गुरुङले उक्त पोस्ट फेसबुकमा पनि सेयर गरेका छन्। यसैगरी १ हजार ६ सय सदस्य रहेको हिन्दुत्व नेपाल नामक फेसबुक पेजमा पनि गुरुङको पोस्ट सेयर गरिएको छ। फेसबुक र ट्वीटरमा कैयौँ प्रयोगकर्ताले उक्त सामग्री सेयर गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नक्सामा प्रदेश र जिल्लाको नाम उर्दु भाषामा लेखिएको सामग्रीलाई इस्लाम धर्मसँग जोडी भ्रम फैलाइएकाले नेपाल चेकले यसको तथ्य जाँच गरेको छ।

तथ्य जाँचका लागि हामीले उक्त नक्सामा उर्दु भाषामा लेखिएका शब्द थाहा पाउनुपर्ने भयो। यसका लागि हामीले पाकिस्तानी पत्रकार लुब्ना जेरारको सहयोग लियौँ। उनले प्रदेशको नामलाई अंग्रेजीमा अनुवाद गरिदिइन्। नक्सामा रहेका हरेक जिल्लाको नाम अक्षर सानो भएकाले नबुझिएको उनले बताइन् । नक्साबाहिर रहेका अन्य शब्दको चाहिँ उनले अनुवाद गरिदिइन्।

यस तथ्य जाँचका लागि हामीले मुस्लिम अधिकारकर्मी शमशाद अहमदकाे सहयाेग लियाैँ । उनले हामीलाई उक्त नक्सामा उर्दु भाषामा जिल्ला र प्रदेशकाे नाम राखी प्रकाशित गरेका महाेत्तरीका ग्राफिक डिजाइनर महमुद जलिल कासमीसँग सम्पर्क गराए। ४० वर्षीय कासमीले उक्त डिजाइन शिक्षाप्रद सामग्रीका रूपमा बनाएकाे बताए । “मुस्लिम समुदायका कतिपय मानिसलाई जिल्लाकाे नाम थाहा नहुन सक्छ । उर्दु भाषामा बनायाे भने सजिलाे हुन्छ भनेर मैले याे बनाएँ,” उनले नेपाल चेकलाई बताए, “तर मलाई यसलाई लिएर भ्रम फैलाइएला भन्ने लागेकाे थिएन ।” आफूले नक्सामा उर्दु भाषामा जिल्ला र प्रदेशकाे नामसहितकाे सामग्री सन् २००२ मा पनि बनाएकाे र नेपालकाे नयाँ नक्सा बनेपछि फेरि त्यसलाई अध्यावधिक गरेकाे बताए । हाल सामाजिक सञ्जालमा फैलिएकाे नक्सा २ वर्षअघि बनाएकाे कासमीले बताए । “याे मेराे साेख हाे । मैले जानकारीका लागि बनाएकाे हाे,” उनले भने । अहिले सामाजिक सञ्जालमा फैलिएकाे नक्सामा प्रदेश नं ५ र प्रदेश नं २ नै उल्लेख छ । प्रदेश नं ५ लाई गत असाेज २०७७ मा लुम्बिनी प्रदेश र प्रदेश नं २ लाई गत माघमा मधेश प्रदेश नामकरण गरिएकाे थियाे ।

अपिल गुरुङ र अन्यले दाबी गरेझैँ नक्सामा नेपाल इस्लामिक देश भएको वा त्यससँग मिल्दोजुल्दो कुनै सामग्री लेखिएको छैन।

यसर्थ, उर्दु भाषा पढ्ने समुदायलाई जानकारी दिने उद्देश्यले बनाइएकाे नेपालकाे नक्सासम्बन्धी सामग्रीलाई इस्लाम धर्मसँग जाेडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएकाे छ ।

(यो सामग्री नेपालचेक डट ‌आरजीले तयार पारेको हो)

बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.