काठमाडौँ । सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सिरहाको धनगढीमाई नगरपालिका ९ मुसहर्नियामा हिजो मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिँदा ३ जना घाइते भएका हुन् ।
Advertisement
घाइते हुनेमा साइकलयात्री धनगढीमाई नगरपालिका ११ का १९ वर्षिय सुरज मगर, साइकलमा पछाडी सवार २३ वर्षीय विष्णु महतो र मोटरसाइकल चालक धनगढीमाई नगरपालिका ५ जयपुरका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।
घाइते तीन जनाको आरके मेडिसिटीमा उपचार भइरहेको छ । घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको छ ।
हिजो बेलुकी पौने ८ बजे बा ३१ प ८०१७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जानकारी दिएको छ ।