नयाँदिल्ली- भारत तेलंगनाको सिकन्दराबादमा विद्युतीय स्कुटरको सोरुममा भएको आगलागीमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ।
Advertisement
स्थानीय सञ्चार माध्यमहरूका अनुसार एक होटेलको ग्राउन्ड फ्लोरमा रहेको विद्युतीय स्कुटरको सोरुममा आगलागी भएको हो। होटेलको पहिलो र दोस्रो तलासम्म आगो पुग्न थालेकाले थप समस्या उत्पन्न भएको स्थानीय प्रहरी प्रमुखले बताए।
पहिलो र दोस्रो तलामा बसिरहेका पाहुनालाई निकाल्ने प्रयास भइरहेको छ। तीमध्ये कतिपयले माथिबाटै हाम फालेका छन्।