काठमाडौँ । मिटरब्याजका पीडित किसानमाथि प्रहरीले लाठी प्रहार गरेको छ । तराईका विभिन्न जिल्लाबाट आएर कीर्तिपुरमा अस्थायी बसोबास गर्दै आएका उनीहरू सोमबार नारासहितका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका थिए ।
Advertisement
४१ दिनदेखि पीडितहरूले कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए । प्रहरी आन्दोलनरत किसानलाई कीर्तिपुरमा रोकेको छ ।
प्रहरीको कुटाईबाट केही घाइते भएका छन् । प्रहरीले आफूमाथि बल प्रयोग गरी घेराबन्दीमा राखे पनि सरकारसामु न्यायको माग गर्दै नाराबाजी गरेका थिए ।
अहिले प्रहरीले २० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।