काठमाडौँ । काठमाडौँस्थित दशरथ रंगशालामा जारी साफ महिला च्यापियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने भएको छ । योभन्दा अगाडि भुटानलाई हराएको नेपालले आजको खेल जित्दै सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।
Advertisement
नेपाली समयअनुसार बेलुका साढे ५ बजे हुने खेलमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल पुग्ने छ । समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ ।
पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपालले सोमबार श्रीलंकासँग भिड्न लागेको हो । यता दुई खेल खेलिसकेको भुटान एकमा जित र एकमा हार व्यहोरेर समूह बीबाट सेमिफाइनल प्रवेश गरिसकेको छ ।
भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले सोमबारको खेलमा श्रीलंकालाई हराएमा वा बराबरमा रोकेमा समूह विजेता हुनेछ ।