• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

एसिड पीडितको हकहितमा काम गर्ने जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने


    Avatar photo
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

काठमाडौं : एसिड आक्रमणमा परेका पीडितहरुको हकहितमा काम गर्दै आएको नेपाल जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर आगामी असोज १ देखि ७ गतेसम्म आयोजना गरिएको सप्ताहव्यापी जलन सचेतना कार्यक्रमबारे जानकारी दिएको हो ।

Advertisement

सचेतना कार्यक्रमको उद्देश्य सर्वसाधारणमा जलनको विहंगम स्थितीबारे जानकारी छर्नु रहेको संस्थाले जनाएको छ । संस्थाले असोज १ गते बिहान ८ बजेदेखि १० बजेसम्म भृकुटीमण्डपबाट शुरु गरी बसन्तपुर, हनुमानढोका पुग्ने र सोही स्थानमा कोणसभा गर्ने भएको छ । त्यस्तै, २ गते बिहान २ घण्टा विभिन्न निकाय र संघसस्थासँग द्धारिका होटलमा अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरेको छ ।
यसैगरी, ३ गते विभिन्न स्थानहरुमा रक्तदान तथा छालादान र सचेतना सम्बन्धि कार्यक्रम राखेको छ। ४ गते एलआरआई स्कुल कलंकीमा वक्तृत्वकला प्रतियोगिता, ५ गते संस्थाले विभिन्न सरोकारवाला निकाय, संघसंस्थाहरुमा अवधारणापत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै, ६ गते प्राथमिक उपचार दिवसको अवसरमा गोष्ठी र अन्तिम दिन ७ गते जलनबाट ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा वर्षेनी कम्तीमा ५६ हजार नेपालीले जलनको समस्या झेल्नु परेको र २१ हजार जना भन्दा बढीले ज्यान गुमाउने संस्थाको दाबी छ । यो समस्या नेपालमा मात्रै नभएर सम्पुर्ण निम्न तथा माध्यम आय भएका सबै देशको र विशेष गरी दक्षिण–पुर्व एशियाकै ठुलो समस्याको रुपमा देखिएको छ ।

संस्थाले जलनका बिरामीहरुको उपचार गर्न धेरै ठुलो समुहको आवश्यकता पर्ने उल्लेख गर्दै नर्स, फिजियोथेरापीष्ट, पोषण विशेषज्ञ, मनोविशेषज्ञ र समाजसेवी उपचारमा अभिन्न अंग हुनुपर्ने माग गरेको छ ।

संस्थाका अध्यक्ष डा.पियुष दाहालले चट्यान लागेर, पोलेर, जलेर, करेन्ट लागेर तथा एसिड जस्ता रसायन पदार्थबाट हुने समस्याहरु जलन भित्र पर्ने बताएका छन् ।

उनले जनलका कारण वर्षेनी ५० हजार भन्दा बढी व्यक्तिहरु घाइते हुने गरेको तथ्यांक सुनाए । उनले भने,“घाइतेहरु मध्ये २ हजार जना बढीले वर्षेनी ज्यान गुमाउँछन् ।” जलन हुनेहरुमा महिला तथा बालबालिकाको संख्या अत्यधिक रहेको उनको भनाइ थियो । उनले त्यसमा पनि न्यनु आय भएका वर्गहरु यस्ता घटनाबाट बढी प्रभावित हुने टिप्पणी गरे । उनले भने,“देशमा जसरी क्षयरोग, एचआइभी एड्स, मलेरियाबाट मृत्यु हुने गर्छ त्यो भन्दा बढी जलेर घाइते हुनेहरु बढी प्रभावित हुने गर्छन् ।’ रकम अभाव भई न्युन आय भएका व्यक्तिहरुले उपचारमा पनि दुःख पाउने उनले उल्लेख गरे । “अरुले भन्दा तीनीहरुले उपचारको अभाव, दुःख पीडा धेरै भोगेका हुन्छन् ।”, उनले भने । दाहालले विद्युतिय कारणले पनि वर्षेनी धेरैले ज्यान गुमाउने बताए । करेन्ट लागेर केहीको मृत्यु हुने र अंगभंग हुने जस्ता किसिमका समस्या हुने उनले उल्लेख गरे । एसिडले घाइते बनाएको आज मात्र नभएर धेरै पहिला देखिनै भएको जानकारी भएको उल्लेख गर्दै नियन्त्रण गर्न नसकिएको भन्दै उनले गुनासो पोखे ।

आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.