काठमाडौँ । काठमाडौँ महानगर ४ महाराजगञ्ज शंखपार्कस्थित सडकबाट एक केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका ३ घर भई हाल काठमाडौँ टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ र अर्का एक जना रहेका छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको धातु फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।