• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

करारको भरमा धादिङ अस्पताल, १४ स्थायी डाक्टरको दरबन्दीमा शून्य पदपूर्ति


    Avatar photo
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

धादिङ । धादिङ जिल्ला अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरवन्दी छ । तर अस्पतालमा स्थायी चिकित्सक एक जना पनि छैन ।

Advertisement

पदपूर्ति भएको एक जना आठौं तहका मेडिकल अधिकृत डाक्टर सफलतादेवी कोजु करिब दुई वर्षदेखि अध्ययन बिदामा छिन् । स्थायी चिकित्सकबिना अस्पताल चलिरहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए ।

ठूलो संख्यामा रिक्त रहेको स्थायी चिकित्सक दरबन्दी शुरुदेखि नै खाली छ । कहिलेकाही केही चिकित्सकलाई पदपूर्ति गरिन्छ । सूचना अधिकारी भन्छन्, ‘स्थायी चिकित्सकको कोटा शुरुदेखि नै खाली छ, १४ वटा सरकारी कोटामा एक जना चिकित्सक छैन, भन्न पनि लाजै मर्दो छ, तर हामीले सेवा चाहिँ रोकेका छैनौं, विकल्प खोजिएको छ ।’

स्थायी दरबन्दीअनुसार विशेष चिकित्सक ९ जना, मेडिकल अधिकृत ४ जना, डेन्टल सर्जन १ जना हुनु पर्ने सूचना अधिकारी विक बताउँछन् । तर, करार तथा अन्य श्रोतबाट व्यवस्थापन गरी अस्पताल चलेको छ ।

‘धादिङ अस्पतालमा करार तथा अन्य श्रोतबाट २० जना चिकित्सक छन्, कन्सल्टेण्ट जनरल सर्जन २ जना, कन्सल्टेण्ट जनरल फिजिसियन १ जना, कन्सल्टेण्ट साइक्याट्रिक १ जना, स्त्री रोग विशेषज्ञ २ जना गरी नौ तहका ६ जना विशेषज्ञ चिकित्सक रहेका छन्,’ उनले भने, ‘मेडिकल अधिकृत १२ जना र डेण्टल सर्जन २ जना गरी १४ जना ८ औ तहका चिकित्सक रहेका छन्, करार तथा अन्य श्रोतबाट रहेका चिकित्सकको भरमा अस्पताल चलेको छ, तर स्थायी दरबन्दिका चिकित्सक नभएपनि सेवामा कुनै कमी भने हुन दिएका छैनौं ।’

अस्पतालमा एघारौं तहको मेडिकल सुपरिटेन्डेण्ट रहने व्यवस्था छ । तर, सातौँ तहका हेल्थ असिष्टेण्ट डाक्टर मधुकर दाहालले निमित्त मेडिकल सुपरिटेन्डेण्टको जिम्मेवारी लिइरहेका छन् । उनी जनस्वास्थ्य बरिष्ठ स्त्री रोग विशेषज्ञ हुन् । संघबाट बाग्मती प्रदेशमा काजमा धादिङ अस्पताल आएका हुन् ।

धादिङ अस्पताल ५० शैया वेड क्षमताको प्रादेशिक अस्पताल हो । ५९ जना सरकारी दरबन्दी रहेको छ अस्पतालमा २८ जनाको दरबन्दी मात्र पदपूर्ति रहेको छ । जसमध्ये ६ जना अध्ययन बिदामा छन् । हाल अस्पतालमा २२ जना मात्र कार्यरत छन् । सरकारी दरबन्दी र पदपूति निकै कहाली लाग्दो रहेको सूचना अधिकारी विकले बताए ।

आफ्नालाई जागिर खुवाउने थलो

सरकार लोक सेवाबाट स्थायी चिकित्सक नियुक्त प्रक्रियामा अगाडि नबढ्दा करार सेवा ठूलावडाका आफ्नालाई जागिर खुवाउने थलो बनेको धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए । करारमा आउनेहरू पावरमा आउँछन् ।

‘करार करार नै हो, गुणस्तर तथा सेवा प्रवाह सरकारी जस्तो हुदैन, काम गराउन गाह्रो, तलब भत्ता, सेवा सुविधा र दक्षताको पनि कुरा आउँछ,’ उनले भने, ‘करार ठूला वडाको आफ्नालाई जागिर खुवाउने थलो बन्यो ।’

बाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको कमजोरीका कारण स्थायी चिकित्सकको पदपूर्ति नभएको पनि उनले बताए । अस्पताल अव्यवस्थित बन्दा धादिङलगायतका विभिन्न जिल्लाबासीले समस्या भोगिरहेका छन् ।

उनले भने, ‘सम्बन्धित निकायले बुझ्न पर्ने हो, नागरिकको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ, १४ वटा दरबन्दी रहेको अस्पतालमा एक जना स्थायी कर्मचारी नहुनुले सबैलाई जिज्याइरहेको छ ।’

 

  • दरबन्दी
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.