काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका ६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बस्ने ३५ वर्षीय जनकराज हमाल र अर्का एक जना रहेको प्रहरीले जनाएको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको बा ९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपालसहितको टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।