सुनसरी- इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को डेंगु संक्रमणका कारण निधन भएको छ।
Advertisement
स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौं लगिएकी उनको उतै निधन भएको हो। गजल र मुक्तकमा उनको रुचि ज्यादा थियो। त्यसबाहेक कविता र लघु कथा लेखनमा पनि सक्रिय थिइन्।
इटहरीको नमस्ते एफएममा उनले लामो समय साहित्यिक कार्यक्रम ‘सिर्जना बाटिका’ सञ्चालन गरेकी थिइन्। उनका श्रीमान्, दुई छोरी र एक छोरा छन्।