काठमाडौँ । यो साता सुनको मूल्यमा सामान्या वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साता सुनको मूल्य ९०० सय रुपैयाँले वृद्धि भएको हो ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको थियो । मूल्य बढेसँगै आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार पनि सुनको मूल्य बढेको थियो । सोमबार प्रतितोला सुनको मूल्य १०० रुपैयाँ बढ्दा प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।
यस्तै, बुधबार भने सुनको मूल्य घटेको थियो । बुधबार एकैदिन सुुनको मूल्य प्रतितोला हजार रुपैयाँ घटेको हो । बिहीबार पुनः मूल्य बढेको थियो । बिहीबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।
शुक्रबार पनि सुनको मूल्य सामान्या वृद्धि भएको थियो । हिजो शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ वृद्धि भएको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो शुक्रबारको तुलनामा ९०० सय रुपैयाँले बढी हो । अघिल्लो शुक्रबार ९३ हजार रुपैयाँमा कारोबार भएको सुन यो साताको अन्तिम दिन ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।