• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

गठबन्धनमा सिट बाँडफाँटको टुङ्गो लागिसकेको छैन : उपसभापति खड्का


    Avatar photo
शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

भक्तपुर : नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलबीच अझै सिट बाँडफाँटको टुङ्गो नलागेको बताएका छन। भक्तपुरका नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आज आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले मङ्सिर ४ को चुनावमा गठबन्धनसहित जाने भए पनि सिट बाँडफाँटको टुङ्गो भने अझै नलागेको बताए।

Advertisement

अहिलेको गठबन्धन कांग्रेसका लागि रहर नभई बाध्यता भएको चर्चा गर्दै उनले भने, ‘राजनीतिले यस्तो अवस्था सिर्जना गर्‍यो कि, गठबन्धनलाई सँगै लिएर नजाने हो भने कांग्रेस एक्लै चुनाव लड्ने अवस्था छैन, कांग्रेस एक्लै जान खोजे फेरि एमालेसँग माओवादी केन्द्र, समाजवादी, मधेसवादी दलको गठबन्धन हुने अवस्था देखियो, त्यसैले पनि कांग्रेसले गठबन्धन छाड्न सक्दैन ।’

उपसभापति खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेका दल गठबन्धन तालमेलको अवस्थामा पुगेको बताउँदै उनले गठबन्धन कांग्रेसका लागि रुचि नभई बाध्यता भएको बताए । गठबन्धनमा सिट बाँडफाँट मिलाउँदा कांग्रेसले पाउने सिट सङ्ख्या घट्नसक्ने भन्दै उनले त्यस्तो अवस्थामा नेताले टिकट नपाउने अवस्थालाई बुझिदिन आग्रहसमेत गरे ।

गठबन्धन गर्दा कांग्रेसलाई बढीभन्दा बढी फाइदा हुने र क्षति कम हुनेगरी नै गठबन्धनमा सिट बाँडफाँट बताउँदै उनले गठबन्धनका उम्मेदवार जो भए पनि जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

मङ्सिर ४ गते पछाडि कांग्रेसले बहुमतको सरकार सञ्चालन गर्ने बताउँदै गठबन्धनसहित दुई तिहाइ नजिकको सरकार बनाएर अगाडि बढ्ने उनको भनाइ थियो ।आगामी निर्वाचनमा मतदाताको मन जित्नेगरी घरघरमा जान निर्देशन दिँदै उनले भने, ‘कांग्रेसका कारणले जनताको ठेस पुगेको मनमा के भनेर मन परिवर्तन गर्न सकिन्छ, त्यो गरौँ, मत माग्न नरम, शालिन भएर मतदाताको मन जित्ने गरी जाऔँ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज अम्बिका बस्नेतले संसद्को गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको नेपाली कांग्रेसलाई अबको निर्वाचनमा बढीभन्दा बढी कसरी जिताउने, सङ्घमा एक सय ६५ र प्रदेशमा तीन सय ३० मै कांग्रेससहितको गठबन्धनलाई जिताउने अभियानमा लाग्न निर्देशन दिए ।

अहिले गठबन्धनमा सिट बाँडफाँटमा निकै कठिनाइ आइपरेको चर्चा गर्दै उनले टिकट पाउन गरेको प्रतिस्पर्धामा पार्टीले जनतासँग भिजेको व्यक्तिलाई टिकट दिनु स्वभाविकै भएको बताए ।

कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चन बाँडे श्रेष्ठले कांग्रेस एक भएको सन्देश बोकेर निर्वाचनमा कार्यकर्ता होमिने बेला आएको बताए । त्यसअवसरमा कांग्रेस भक्तपुर जिल्ला सभापति दुलर्भ थापाले स्थानीय तहको निर्वाचनमा भक्तपुरमा कांग्रसलाई पहिलो पार्टी बनाएको चर्चा गर्दै मङ्सिर ४ गतेको निर्वाचनमा पनि कांग्रेस अझै सशक्त भएर लाग्ने बताए ।

टिकटका लागि सङ्घ र प्रदेशमा धेरै आकाङ्क्षी रहेको बताउँदै उनले भने, ‘पार्टीलाई गठबन्धनको सकस छ, भक्तपुरमा धेरै साथी आकाङ्क्षी हुनुहुन्छ, भक्तपुरमा कांग्रेस एक्लै चुनाव लड्न सक्छ तर पार्टीले जसलाई टिकट दिन्छ, जे निर्णय लिन्छ त्यसैलाई मानेर अगाडि बढ्छौँ, चिया पसल, सामाजिक सञ्जालमा जथाभावी लेख्न छाडेर चुनावमा केन्द्रित हुन सबैलाई आह्वान गर्छु ।’ कार्यक्रमका सभापति एवं भक्तपुरका प्रशिक्षण विभाग प्रमुख विजेश अवालले प्रशिक्षणमा दुई सय भन्दाबढी नेता कार्यकर्ताको सहभागिता रहेको बताए।

शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.