• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नेपाली उद्योगीको करोडौं खाएर कता भागे केयूकेएलका चिनियाँ ठेकेदार?


शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

काठमाडौं- भदौ तेस्रो साता काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले चिनियाँ कम्पनी सेफबोन वाटर सर्भिसेस (होल्डिङ) इंकसँगको ठेक्का तोड्यो। त्यसको ठाउँमा नयाँ ठेक्का त लाग्ने भयो। तर, त्यस कम्पनीले नेपाली उद्योगीहरूलाई तिर्न बाँकी झण्डै एक अर्ब रुपैयाँ कसले तिर्छ ? त्यसको जवाफ न त केयूकेएलका अधिकारीहरूसँग छ, न उद्योगीहरूसँग नै।

Advertisement

यो कम्पनीको प्रधान कार्यालय चीन सांघाईको क्विङ्पू जिल्लामा छ। करिब एक हजार जनालाई रोजगारी दिइरहेको र सन् १९९५ मा स्थापित यो कम्पनी सेन्जेन स्टक एक्स्चेन्जमा पनि सूचीकृत छ। यसले औद्योगिक, शहरी र सोलिड वाटर प्रशोधनको काम गर्छ। नेपालमा ग्लोरी काइन्ड कर्पोरेसन प्रालिले सेफबोन वाटर सर्भिसेसको सब-कन्ट्रयाक्टरको रूपमा काम गरेको थियो।

भक्तपुरको सल्लाघारी तथा ललितपुरका बालकुमारी र धोबीघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि उक्त कम्पनीसँग तीन अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो। जनवरी २०१७ मै उक्त कम्पनीसँग दैनिक ६ करोड ८७ लाख लिटर फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार अढाइ वर्षभित्र तीनवटै प्रशोधन केन्द्र निर्माण गरिसक्नुपर्ने थियो। तर, सम्झौता भएको पाँच वर्षसम्म चिनियाँ कम्पनीले काम गरेन।

यसबीचमा पाँच पटकसम्म म्याद थप भइसकेको थियो। तर, उक्त चिनियाँ कम्पनीले काम अगाडि बढाएन। पछिल्लो समय जुलाई २०२२ सम्म म्याद थपिएको थियो। तर, अझै काम अगाडि नबढेपछि केयूकेएलले ठेक्का तोड्यो। यसबीचमा करिब ७७ करोड २७ लाख रुपैयाँ उक्त कम्पनीले केयूकेएलबाट भुक्तानी लिइसकेको छ। त्यसका लागि करिब ४९ करोड रुपैयाँबराबरको धरौटी राखेको थियो। त्यस हिसाबबाट केयूकेएलकै करिब २८ करोड रुपैयाँ उक्त कम्पनीले तिर्नुपर्नेछ।

केयूकेएलका अनुसार उक्त कम्पनीका आधिकारिक प्रतिनिधि पनि नेपालमा छैनन्। सम्झौताअनुसार काम अगाडि बढाएको छैन, बीमालेख नवीकरण गरेको छैन र आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशनप्रति कुनै वास्ता गरेको छैन। सम्झौता भएको पाँच वर्ष तीन महिनामा जम्मा २७.१ प्रतिशत मात्र काम गरेको छ।

यसभन्दा ठूलो चिन्ता नेपाली उद्योगहरूबाट उक्त कम्पनीले लगेको सामानको भुक्तानी जटिल बनेको छ। केयूकेएलले कम्पनीलाई भुक्तानी दिइसकेको छ। भुक्तानी भएको रकमबाट नेपालका सिमेन्ट, स्टिल, रड उद्योगहरू र हार्डवेयर पसलहरुको रकम कम्पनीले तिरेको छैन। गिटी, ढुंगा, बालुवालगायत अन्य निर्माण सामग्री उद्योगको रकम पनि उक्त कम्पनीले तिरेको छैन। कम्पनीले हायर गरेका कामदारको तलब, भत्ता पनि भुक्तानी गर्न बाँकी छ।

कम्पनीका आधिकारिक व्यक्तिहरू नेपाल आउने सम्भावना देखिएको छैन। घाटामा काम गरेको कम्पनीले तिर्नुपर्ने बक्यौता रकम चीन सरकारले बेहोर्दैन। त्यसको फन्दामा भने नेपाली उद्योगहरू परेका छन्।

चिनियाँ कम्पनीका अधिकारीहरू भागेपछि नेपाली उद्योगका प्रतिनिधिहरू बालकुमारीस्थित सेफबोन वाटर सर्भिसेस (होल्डिङ) इंकको सम्पर्क कार्यालयमा पनि पटक–पटक नपुगेका होइनन्। उद्योगीहरूको टोली देख्नासाथ त्यहाँ रहेका कम्पनीका कर्मचारी आत्तिने गरेका छन्। उनीहरू पनि कर्मचारी मात्र हुन्, केही गर्न सक्ने कुरा भएन।

यसबीचमा नेपाली उद्योगीहरूले पटक–पटक कम्पनीका कर्मचारीहरूलाई आफ्नो रकम तिर्न ताकेता गरिसकेका छन्। तर, कम्पनीले कुनै ‘रेस्पोन्स’ गरेको छैन। ‘चिनियाँ कम्पनीले रकम तिर्न बाँकी उद्योगहरूले पाउन बाँकी रकम करोडौंमा छ,’ पैसा पाउन बाँकी एक उद्योगका सञ्चालकले नेपाली हेडलाइनसँग भने, ‘हाम्रो मात्र करिब डेढ करोड छ। कसैको त ६–७ करोड रुपैयाँसम्म बक्यौता छ।’

उनका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले पनि यसमा चासो दिएको छैन। अझ, दूतावासका आधिकारिक अधिकारीहरूलाई भेट्नसम्म पाएका छैनन्, नेपाली उद्योगीले। पीडित एक उद्योगीका अनुसार चिनियाँ दूतावासका अधिकारीहरूसँग सम्पर्क गर्दा उनीहरूले केही दिन ‘अति व्यस्त’ रहेको बताएर पन्छिने गरेका छन्। उद्योगीहरूले काठमाडौंस्थित चिनियाँ दूतावासलाई पनि समस्याबारे लिखित जानकारी गराएका छन्। तर, अहिलेसम्म कुनै ‘रेस्पोन्स’ नआएको उनीहरू बताउँछन्।

‘कोभिड महामारी शुरु भएपछि चीन गएका कम्पनीका अधिकारीहरू फेरि नेपाल फर्केनन्। दुई वर्ष महामारीको बहाना बनाएर भुक्तानी दिएनन्। अहिले पनि भुक्तानी पठाउने कुनै सम्भावना देखिएको छैन,’ ती उद्योगी भन्छन्, ‘कम्पनीका आधिकारिक व्यक्ति भागेर चीन पुगिसकेका छन्। अफिसमा सामान्य सहायकस्तरका व्यक्तिलाई मात्र राखेका छन्। तिनै कर्मचारी पनि कुन दिन भाग्ने हुन् टुंगो छैन।’

शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.