काठमाडौँ । युट्युबमा भाइरल भएका पुण्य गौतम प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस भएका छन् । उनलाई नेकपा एमालेले काठमाडौँको क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको हो ।
Advertisement
गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई समानुपातिकमा सिफारिस गरेको जानकारी दिएका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतलाई धन्यवाद दिएका छन् ।
एमालेमा हुनपूर्व उनी नेकपा एकीकृत समाजवादीमा थिए । गत वैशाखमा मात्रै उनी एमाले प्रवेश गरेका थिए ।