काठमाडौँ । काठमाडौँ महानगर १४ कलंकीमा गएराति रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
Advertisement
दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँ बसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोल र पछाडि सवार ललितपुर बाडेगाउँका २२ वर्षीय अभिषेक मर्हजन गम्भिर घाइते भएका थिए । उनीहरूको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेकोमा चालक डंगोलको राति पौने २ बजे मृत्यु भएको हो ।
गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकेको बागमती प्रदेश ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो ।
दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।