काठमाडाैं : बलात्कारकाे आराेप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ। नाबालिक किशाेरी बलात्कारबारे अनुसन्धानकाे लागि पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएकाे हाे।
Advertisement
लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी थिइन। प्रहरीले उक्त घटनाबारे अनुसन्धानकाे लागि लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमाति मागेको थियो। अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ।
लामिछाने हाल देश बाहिर छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका छन्।