काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित जाँचमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारबाहीमा परेका छन् ।
Advertisement
काठमाडौँ उपत्यकामा गत साउन ३० गतेबाट शुरू भएको अभियानअन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत आज बिहान मात्र ३९ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङ्गमा कागज पत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तीव्र गतिमा जिगज्याग चलाउने ८ जना, नम्बर प्लेट दुरुस्त नभएका २ जना र तीन जना सवार २ जना गरी ३९ जना विद्यार्थी चालकलाई कारबाही गरिएको हो ।