काठमाडौँ । नेकपा माअोवादी केन्द्रले प्युठानमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीले उम्मेदवार सिफारिस गरेको हो ।
Advertisement
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानमा पूर्व एमालेका नेता वामदेव गौतमले माओवादीको चुनाव चिन्हबाट उम्मेदवारी दिने बताउँदै आएका छन् । यसैबीच माअोवादीले बामदेवलाई यो क्षेत्र छाड्न नसक्ने संकेत दिँदै पार्टीको उम्मेदवार सिफारिस गरेको हो ।
माअोवादीले प्युठानमा प्रतिनिधिसभातर्फ लिलामणि पोखरेल, वाइबी थापा, कृष्णधोज खड्का र नारायण अधिकारीको नाम सिफारिस गरेको हो । पोखरेल पार्टीको केन्द्रीय सचिव हुन् ।
यस्तै, प्रदेशसभातर्फ (क) र (ख) दुवैमा कृष्ण अधिकारी (प्रकाश)को नाम सिफारिस गरिएको छ । यसमा गठबन्धनको बैठकपछि बाँकी टुंगो लाग्ने भएको हो ।