काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग सहयोग मागेका छन् । उनले कानुनी उपचारमा सहयोग गर्न क्यानलाई आग्रह गरेका हुन् ।
Advertisement
केन्यासँग पाँच टि २० क्रिकेट खेलेर क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा पुगेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताए ।
एक १७ वर्षीया बालिकाले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौँ आइपुगेपछि क्यानका पदाधिकारीसँग छलफल गरेका थिए ।