काठमाडाैं : काठमाडौं महानगरपालिकाले वडा नम्बर १७ मा रहेका अनधिकृत संरचना हटाउन सूरु गरेकाे छ। वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको अनधिकृत टहरा हटाउन महानगरले डोजर चलाउने भएको हाे।
Advertisement
बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचना हटाएकाे थियाे।
नगर प्रहरी उपरीक्षक शिव पौडेलका अनुसार ‘क्षेत्रपाटी, धोबीचौर क्षेत्रमा अनधिकृत संरचना, फुटापाथ अतिक्रमण लगायत समस्या रहेकोले डोजरको प्रयोग गरेर हटाउन लागेका हौं। महानगरको सूचना बेवास्ता गरेपछि डोजर चलाउन हामी बाध्य बनेका हौं।’
काठमाडौं महानगरले ३२ वटै वडाध्यक्षहरुलाई आफ्नो वडामा रहेको अनधिकृत संरचना, नक्सा अनुसार वेसमेन्ट प्रयोजन भए/नभएको र फुटपाथ अतिक्रणको अनुगमन गरेर हटाउन अनुरोध गरेको थियो।