काठमाडाैं : काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणकाे खेलमा भारतले र पाकिस्तानलाई ३-०ले पराजित गरेको छ।
Advertisement
बुधबार दिउँसाे दशरथ रंगशालामा भएको खेलमा भारतले पहिलो हाफमा २ गोल गरेको हाे भने दोस्रो हाफकाे अन्त्यमा १ गरेर जित हात पार्याे।
पहिलो हाफको २१औ मिनेटमा पाकिस्तानकी कप्तान मारियाले आफ्नै पोष्टमा गोल गरेकी हुन्।
त्यस्तै, खेलको २३ औ मिनेटमा भारतकी ग्रेस डाङ्मीले गोल गर्दै भारतलाई पहिलो हाफमा २-० को अग्रता दिलाइन्।
भारतको लागि सोमिया गुगुलोथले खेलको थप गरिएको अन्तिम मिनेटमा गोल गर्दै भारतलाई ३-० को जित दिलाइन्।