• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

चितवनकाे कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी


    Avatar photo
बुधबार, भदौ २२, २०७९ मा प्रकाशित

चितवन : विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन्। क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो। छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष बिद्यार्थीको चापका कारण भर्ना नै रोक्नु पर्ने भएको छ।

Advertisement

क्याम्पस प्रमुख डा विश्व सुवेदीका अनुसार ‘क्युएए’ प्राप्त भएसँगै भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षालगायतका कारण छात्राहरुको आकर्षण बढेको हो। यस बर्ष कक्षा ११ मा तीन सय जना विद्यार्थी भर्ना भइसकेका छन्। गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय २० विद्यार्थी भर्ना भएका थिए। सुवेदीले भने, ‘अब हामीसँग थप विद्यार्थी पढाउन कक्षा कोठा नभएकाले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ।’

एसइईको पूरक परीक्षाको नतिजा आएपछि विद्यार्थीहरू भर्ना हुन आउने गर्दछन्। ती विद्यार्थीलाई भर्ना गर्ने अवस्थामा आफूहरु नरहेको उनले बताए। क्याम्पसमा मुख्यरुपमा चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै आउने गरेका छन्। यसका अतिरिक्त २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उनले जानकारी दिए।
ती जिल्लामा प्रचारात्मक अभियानका लागि प्राध्यापक कर्मचारीहरु आफैँ जानुपर्ने बाध्यता विगतमा रहेको थियो।

‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो। समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो। विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्छन, ‘क्याम्पसले प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको हो।’ समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उनको भनाइ छ ।

स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउछन। उनले भने, ‘यो क्याम्पस सबै हिसावबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ।’ अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन्। यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ। उनले भने, ‘पहिले–पहिले हामी विद्यार्थी खोज्दै हिँड्थ्यो, अहिले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ।’

क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको छ। हाल एक हजार सात सय विद्यार्थी विभिन्न सङ्कायमा अध्ययनरत छन्।

बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.