काठमाडौँ । गृह मन्त्रालयले आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी छनोटबारे कार्यविधि स्वीकृत भएको छ ।
Advertisement
नेपाल प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरी गृह मन्त्रालयमा पठाएको थियो । सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरीले जनाएको छ ।
कार्यविधिअनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गरी ३० देखि असोज ६ सम्म आवेदन लिने भएको छ ।
यस्तै, असोज ९ देखि १४ गतेसम्म छनोट प्रक्रिया पूरा गरिसक्ने छ । म्यादी प्रहरीको नतिजा असोज २५ मा प्रकाशन गरिने छ ।
निर्वाचन सम्पन्न गर्न अर्थ मन्त्रालयले एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई अनुमति दिएको थियो ।