काठमाडौं- जापान पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा आइतबार एक युवती पक्राउ परेकी छन् ।
Advertisement
पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा रहेकी छन् ।
जापानको प्रतिष्ठित होटलमा मासिक तीन लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ सुविधानगरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।