काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका ९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा हुन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जापानको प्रतिष्ठित होटलमा मासिक तीन लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई उनी सम्पर्कविहीन भएकी थिइन् ।
मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगर ३१ सुविधानगरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।