काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रंजिता कुमारी देव पक्राउ परेकी छन् । सप्तरी कृष्णासरवन गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ३८ वर्षीया रंजिता कुमारी देवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले ६ दिन कैद र १७ लाख ७७ हजार १८० रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कीर्तिपुर मैत्रीनगरबाट पक्राउ गरेको हो ।
रंजिता कुमारीले आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी एभरेष्ट वैंक लिमिटेड कालीमाटी शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ।